६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या



काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ​

मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगेको छ ।

हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा गोली लागेको उल्लेख गरेको छ ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने बताइएको छ । ​ प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  १ : २९ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्