२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रुपन्देहीमा थपिए १२ जना कोरोना संक्रमित, जिल्लाका १ उपमहानगरसहित ५ नगरमा लकडाउन



बुटवल । आज पनि रुपन्देहीमा १२ जना थप नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावबाट प्राप्त पछिल्लो बिवरण अनुसार १२ थप नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार थपिएका नयाँ संक्रमितहरुमा तिलोत्तमा नगरपालिकाका ३ जना , बुटवल उपमहानगरपालिकाका ३ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, देवदह नगरपालिकाका २ जना र सुद्धोदन गाँउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले जानकारी दिए ।

बुटवलमा थपिएका संक्रमितहरुमा वडा नम्बर ११ का २ जना र १३ का १ जना छन् । प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको शाहले बताए ।

रुपन्देहीमा समुदायस्तरमा कोरोना फैलंदै गएपछि स्थानीय तहले स्थानीयस्तरमा लकडाउनको घोषणा गरेका छन् । रुपन्देहीका १ उपमहानगर सहित ५ वर्ट नगरमा लकडाउनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : ४९ बजे

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको