१६ बैशाख २०८३, बुधबार | April 30, 2026

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका ६ जिल्लामा आज सार्वजनिक विदा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारी एक विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन् । बर्का अट्वारी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

‘थारू समुदायमा बर्का अट्वारी पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ’शुभकामना सन्देशमा भनिएको छ,‘आइतवारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ सन्देशमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार प्रदेशभित्र बसोवास गर्ने सबै जाति, समुदायले मनाउने आ–आफ्नै मौलिक, धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण, सम्वद्र्धन र प्रवर्धनको लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् । उनले मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने भएकाले संरक्षणसँगै यसको प्रवर्धनमा जुट्न पनि आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा मा सार्वजनिक बिदा समेत दिएको छ ।

बर्का अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : २८ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात