२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीको राजिनामा स्वीकृत



दाङ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए ।

आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजिनामा दिएको जनाइएको छ ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा बाँकेमान अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाह विरुद्ध एकल महिला निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । उनलाई कारवाही गर्ने माग गर्दै अधिकारकर्मी रुबी खान सहितको टोलिले काठमाडौंमा धर्ना र प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : ४२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११