२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

मितेरी सहकारी प्रकरण : धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण



काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ ।

समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो ।

श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैंले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताएका थिए । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताएका छन् ।

यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराएका थिए ।

धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले विहिबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी  निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत  निरीक्षण गरेको सभापति थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ४५ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान