३ पुस २०८२, बिहिबार | December 18, 2025

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन् ।

बैठकमा हिउँदे अधिवेसन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ुहिंसाु शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ११ : ४९ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित