१ भदौ २०८३, सोमबार | August 17, 2026

थारु संग्रहालयमा मुख्यमन्त्री(फोटो फिचर)



दाङ । दाङ दंगिशरण गाउँपालिका-३ चखौरा स्थित थारु सांस्कृतिक संग्रहालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका छन् । मुख्यमन्त्री आचार्यले आज पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयोग हुदै आएका बस्तुहरु राखिएको थारु संग्रहालयको अवलोकन गरेका हुन् ।

अहिले लोप हुने अवस्थामा पुगेका पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयोग हुदै आएका बस्तुहरु संग्रहालयमा संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जोडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

मुख्यमन्त्री सहितको टोलिलाई पछिल्लो दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको जानकारी दिँदै थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको बताइन् । संग्रहालय अवलोकन गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ३८ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको