२० मंसिर २०८२, शनिबार | December 6, 2025

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…..



लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको प्रहरीले जनाएको छ । मृतककी एक छोरी र श्रीमती छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ४० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय