२३ भदौ २०८३, मंगलबार | September 8, 2026

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ



बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । आफ्नै छोरा २१ वर्षीय सरोज चौधरीको हत्या गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१० मैनिहवा बस्ने ४५ वर्षीय सहसराम चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा बिहीबार बिहान सहसरामले चक्कु प्रहार गर्दा सरोज गम्भीर घाइते भएको र गम्भीर घाइते भएका सरोजको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहारको सूचना पाएलगत्तै प्रहरी चौकी महुवारिबाट खटिएको प्रहरीले सहसरामलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तस्विरः एआई

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ९ : १० बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी