११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा देशमै पहिलो ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु



बुटवल । नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीले आजबाट ब्लड बैंक सफ्ट्वयर तथा मोबाइल एप सञ्चालनमा ल्याएको छ । सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, मितव्ययी, पारदर्शी तथा प्रबिधि मैत्री बनाउन सफ्ट्वयर र मोबाइल एप सञ्चालनमा ल्याइएको रेडक्रस रुपन्देहीले जनाएको छ ।

रक्त सञ्चार सफ्ट्वयर अन्तर्गत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामनासहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टमसहित विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिपोर्ट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर इमेलमार्फत पठाउन मिल्ने ब्यवस्था सफ्टवेयरमा रहेको सोसाइटीका कोषाध्यक्ष सुशील गुरुङले जानकारी दिए ।

त्यसैगरी रगत एक्सपाइरी अर्लाम सिस्टम, अनलाइन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि सफ्टवेयरबाट उपलब्ध हुने कोषाध्यक्ष गुरुङले जनाए ।

रुपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्ट्वयर तथा मोबाइल एप नेपालमै पहिलो भएको सोसाइटीका रुपन्देही अध्यक्ष दीपक क्षेत्री न्यौपानेले दाबी गरे । उनले मोबाइल एपलाई थप व्यवस्थित र परिमानर्जन गर्दै लैजाने कार्यक्रम रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले सफ्ट्वयर र मोबाइल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए । उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग तथा २८ वटा पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे ।

उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदानसम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रहसमेत गरे ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबहाक अध्यक्ष कमल रायमाझी, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचनलगायतले बोलेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ०१ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी