१० भदौ २०८३, बुधबार | August 27, 2026

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे ९डल्ले० जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए । “भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ”, उनले भने, “बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।”

भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताए ।

“बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु २५० का दरले अकबरे खुर्सानी बिक्री भएको छ”, उनले भने, “परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।” आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरेका छन ।

बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानीखेती सफल भएपछि व्यावसायिकखेती थालेको बताए । १९ जना किसानले रु पाँच/पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् ।

दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानीखेती गर्न सकिन्छ । खुर्सानीखेती भकिम्लीका किसानलाई तरकारीखेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट