७ कार्तिक २०८३, शनिबार | October 24, 2026

लुम्बिनी प्रदेशसभाबाट पारित स्थानीय निजामती सेवा विधेयक प्रदेश प्रमुखबाट फिर्ता

दुई विधेयक प्रमाणिकरण



दाङ । लामो समयको छलफलपछि लुम्बिनी प्रदेशसभाबाट पारित भएर प्रमाणिकरणका लागि लुम्बिनी प्रदेश प्रमुख समक्ष पेश भएको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका छन् । जनस्तरमा समेछ छलफल चलाएर लामो प्रयास पछि प्रदेशसभाबाट पारित निजामती विधेयक प्रदेश प्रमुख घर्तीले सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका हुन् ।

प्रदेश प्रमुख घर्तीले निजामति सहित थप एक विधेयक फिर्ता गर्दै दुई वटा विधेयक भने प्रमाणिकरण गरेका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचारको लागि भन्दै प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश हुन आएका विधेयकहरु संविधानको धारा २०१ को उपधारा(३) बमोजिम पुर्नविचार हुन आवश्यक देखिएको सन्देश सहित प्रदेश सभामा फिर्ता गरेको जनाइएको छ । प्रदेश निजामती सेवा ऐन संसोधन विधेयक प्रदेश सभाबाट भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन सम्वन्धि विधेयक भदौ २७ गते पारित भएको थियो । यि दुवै विधेयक प्रदेश प्रमुखले प्रदेश सभामा फिर्ता पठाएका हुन् ।

यसैगरी प्रदेश प्रमुख घर्तीले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेश विपद् व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक र औद्योगिक व्यवस्था सम्वन्धी प्रचलित प्रदेश कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको छ। प्रदेश विपद् व्यवस्थापन विधेयक असोज २० गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक असोज २१ गते प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विपद् व्यवस्थापन विधेयक प्रदेश सभाबाट भदौ २८ गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक भदौ ७ गते प्रदेश सभाबाट पारित भएको थियो ।

७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले निजामति सम्बन्धि कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या आएको भन्दै पटक पटक राजनीतिक लबिङ गरिरहेका बेला प्रदेशसभाबाट पारित भएको विधेयक समेत प्रदेश प्रमुखबाट फिर्ता हुनुलाई रहस्यमयढंगले हेरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ४० बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र