७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दशैंको पूर्णिमामा जितगढीमा सराय नाँच प्रर्दशन गरिने



बुटवल । जितगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैँको पूर्णिमामा सराय नाँच प्रर्दशन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्या पनि असोज ३० गते पूर्णिमामा सराय नाँच देखाउन लागिएको समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

समितिका अध्यक्ष खिम बहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाँच संरक्षणका लागि सराय नाँच गर्न लागिएको बताए । विस २०७० सालदेखि देखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरि बुटवल आएकाहरुको पहलमा सराय नाँच संरक्षण गर्ने उद्देश्यले वर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए । सराय नाँच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ ।

सराय नाँचमा नेपाली सेनाले टुकुढि प्रर्दशन गर्ने कार्यक्रम छ । सराय नाँचको लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले उद्घाटन गर्ने कार्यक्रम छ ।

समितिका सचिव पिताम्बर भण्डारीले दिउसो १ बजेदेखि सुरु भएर ५ बजे सराय नाँच सकिने बताए । पुरानो संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि समितिले अहिले निरन्तर नांच प्रदर्शन गर्दै आएको उनको भनाई छ ।

परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको उनले बताए ।

तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाँच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १ : २० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी