२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै



पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन् । विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन् ।

कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन् । त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन् । दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन् ।

कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय आन्तरिकका साथै बाह्य पर्यटक पनि घुम्न आउन थालेका होटल व्यवसायी सुरेश केसी बताउँछन् । “पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्”, उनले भने।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि यहाँ चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । मुस्ताङ जाने पर्यटकले बास बस्न यहाँका होटल बुकिङ गर्ने गरेका उनले बताए ।

बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन् । शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको समयमा यहाँ पर्यटकको चहलपपह बढी हुने गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ०० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब