३ भदौ २०८३, बुधबार | August 19, 2026

भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा



चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर आज यहाँ आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उजले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन ।

भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उनले बताए । उनले भने, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताए ।

रोटरी क्लबको आयोजनामा गरिएको म्याराथन कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको उनले बताए । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्नसक्ने भन्दै यस्ता कार्यक्रमको महत्व धेरै हुने गरेको उनको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताए । भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उनले महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमका संयोजक राजन पियालगायतले बोलेका थिए ।

रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर भरतपुर महानगरपालिका-२३ को घैलाघारीबाट सुरु भएको दौड मेघौलीको तेलौलीमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रम संयोजक पियाका अनुसार १४ किलोमिटरको इन्टरनेशनल ह्यारिटेज म्याराथन कार्यक्रम गरिएको हो । म्याराथनमा दुई सय ५० जना सहभागी भएको संयोजक पियाले जानकारी दिए ।

इन्टरनेशनल ह्यारिटेज म्याराथनको उपाधि पुरुषतर्फ सञ्जय श्रेष्ठ र महिलातर्फ प्रजिता श्रेष्ठले हात पारेकी छिन । उनीहरुले निर्धारित दूरी क्रमशः ४५ मिनेट १६ सेकेण्ड र ५६ मिनेट ११ सेकेण्डमा पार गरेका थिए । यस्तै पुरुषतर्फ दोस्रो स्थानमा राजेन्द्र तामाङले ४५ मिनेट १७ सेकेण्ड, तेस्रो स्थानमा रत्नबहादुर खत्रीले ४५ मिनेट २५ सेकेण्डमा र चौथो स्थानमा धीरबहादुर बुढाले ४६ मिनेट ५९ सेकेण्डमा निधारित दूरी पार गरेका हुन ।

यस्तै महिलातर्फ दोस्रो स्थानमा फूलमति रानाले ५६ मिनेट २६ सेकेण्डमा पार गर्दा आशा रानाले ५८ मिनेट २९ सेकेण्डमा पार गरेर तेस्रो भइन भने राज्यलक्ष्मी रानाले ५७ मिनेट ३८ सेकेण्डमा पारगरेर चौथो स्थान हात पारिन । महिला पुरुष दुवैतर्फ विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ३६ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार