२० असार २०८३, शनिबार | July 4, 2026

साहित्य, कला र सङ्गीतमा लागेकाहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती



बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले समाजमा साँस्कृतिक रुपान्तरण क्रमिक रुपमा भइरहेको बताएका छन् ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको समन्वय र लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा ‘साँस्कृतिक रुपान्तरणमा हाम्रो दायित्व’ विषयक गोष्ठीको आज उदघाटन गर्दै उनले हाम्रा मूल्य मान्यताहरु सहअस्तित्व, समानता र स्वतन्त्रताको मूल्यमा ढल्न थालेको बताए । ‘हाम्रो जीवन पद्धतिमा लोकतन्त्रको प्रभाव परिरहेको छ । तपाई साहित्य, कला र सङ्गीतमा लागेका विद्वान विदुषीहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नुपर्छ,’ उनले भने,’म जनताको सेवक हुँ । साहित्य कला र संस्कृतिको संरक्षण र रुपान्तरणमा मेरो सहयोग हुनेछ ।’ उनले कार्यक्रममा गीत पनि गाएका थिए ।

कार्यक्रममा संस्कृतिविद प्रा.डा.सूर्य केसीले कार्यपत्र प्रस्तुत गर्दै समाज रुपमान्तरमा नयाँ बहस सिर्जना भएको जनाए । उनले राजनीतिक सँस्कृति आर्थिक संस्कृति, सामाजिक सँस्कृतिको बहु आयामिक विषयलाई एकीकृत रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भजनविज्ञ उत्तरकुमार पराजुलीले भजन संस्कृतिको भावना मर्म र त्यसका साधकहरुको गम्भीर साधना र योगदानको विषयमा धारणा राखे । संस्कृतिविद विष्णु घर्ती भन्भनेलीले कार्यपत्रको अन्तरवस्तुमा लोकतान्त्रिक संस्कृति प्रस्तुत भएको बताए । केही विचलनहरु र विकृतिहरु बाहेक सांस्कृतिकर्मीहरु सही रुपमा अघि बढेको उनले दाबी गरे ।

डा. लक्ष्मी पोखरेल कोकिलाले लोक संस्कृतिका सार्वभौम पक्षहरु नबदलिने अडान प्रस्तुत गर्दै त्यसमा रहेको रुढिपन, अपमान र विभेदहरु हटाउनु पर्ने बताइन् ।

गोष्ठीमा ऋषि आजादले प्रस्तुत गरेको कार्यपत्रमाथि संस्कृतिविदहरुले टिप्पणी तथा पुरक टिप्पणी गरेका थिए ।

कार्यक्रमा संस्कृति तथा पर्यावरणविद् युवराज कँडेल, प्राध्यापक मुकुन्द पोखरेल, पूर्व जिसिअ रुद्रलाल उपाध्याय, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, सिमलीका संस्थापक महेन्द्र अर्याल, प्राध्यापक हिरण्य पन्थीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ०० बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि