७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बुटवलबाट ४९ लाख बढीको सुन सहित २ जना पक्राउ



बुटवल । बुटवलको रामनगर क्षेत्रबाट प्रहरीले करिब ३० तोला (४९ लाख बढीको) सुनसहित २ जनालाई पक्राउ परेका छ । कपिलबस्तुबाट काठमाडौँ तर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा यात्रा गरिरहेका २ जनाबाट २९ तोला ५८.९ लाल (३४५.०४ ग्राम) सुन प्रहरीले बरामद गरेको हो ।

सुन सहित पक्राउ पर्नेमा अर्खाखाँची सुनचाँदी पसलका संचालक कपिलबस्तुको वाणगंगा नगरपालिका ७ का ३७ वर्षीय सन्तोष सुनार र कपिलबस्तुको वाणगंगा नगरपालिका ८ का ३३ वर्षीय अकबर अलि मिया रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बसमा राजश्व छलि गरि अवैध रुपमा सुन ल्याउदै गरेको गोप्य सूचनाका आधारमा बसलाई रोकि चेकजाँज गर्ने क्रममा उनीहरुलाई सुनसहित प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

चेकजाँच गर्ने क्रममा सोही बसको कन्डक्टर जिल्ला कपिलवस्तु वाणगंगा ८ बस्ने ३३ वर्षिय अकबर अलि मियाको शरिर खानतलासी गर्दा मियाको दाँया खुट्टामा लगाउने जुत्ता भित्र खैरो रातो बुट्टे लेडीज व्यागमा कालो टेपले बेरीएको अवस्थामा पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु २ थान फेला परेको उनले बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ३६ बजे

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले