५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बुटवलबाट ४९ लाख बढीको सुन सहित २ जना पक्राउ



बुटवल । बुटवलको रामनगर क्षेत्रबाट प्रहरीले करिब ३० तोला (४९ लाख बढीको) सुनसहित २ जनालाई पक्राउ परेका छ । कपिलबस्तुबाट काठमाडौँ तर्फ जाँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा यात्रा गरिरहेका २ जनाबाट २९ तोला ५८.९ लाल (३४५.०४ ग्राम) सुन प्रहरीले बरामद गरेको हो ।

सुन सहित पक्राउ पर्नेमा अर्खाखाँची सुनचाँदी पसलका संचालक कपिलबस्तुको वाणगंगा नगरपालिका ७ का ३७ वर्षीय सन्तोष सुनार र कपिलबस्तुको वाणगंगा नगरपालिका ८ का ३३ वर्षीय अकबर अलि मिया रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बसमा राजश्व छलि गरि अवैध रुपमा सुन ल्याउदै गरेको गोप्य सूचनाका आधारमा बसलाई रोकि चेकजाँज गर्ने क्रममा उनीहरुलाई सुनसहित प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

चेकजाँच गर्ने क्रममा सोही बसको कन्डक्टर जिल्ला कपिलवस्तु वाणगंगा ८ बस्ने ३३ वर्षिय अकबर अलि मियाको शरिर खानतलासी गर्दा मियाको दाँया खुट्टामा लगाउने जुत्ता भित्र खैरो रातो बुट्टे लेडीज व्यागमा कालो टेपले बेरीएको अवस्थामा पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु २ थान फेला परेको उनले बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ३६ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका