१० भदौ २०८३, बुधबार | August 26, 2026

मनमोहन मेडिकल कलेजमा ३३३ शैयाको कोभिड अस्पताल सुरू



काठमाडौं । काठमाडौंमा कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नको लागि आइसोलेसन बेडहरुको अभाब भइरहेको अवस्थामा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ३३३ शैयाको सुबिधा सहित कोभिड १९ का बिरामीहरुको उपचार सुरु गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.ले सञ्चालन गरेको भाद्र २ गतेबाट कोरोना संक्रमितकोे उपचार सुरु गरेको हो । नेपाल सरकारले निजी तथा सामुदायीक अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गराउने निर्णय गरेसँगै संस्थाले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सरकारलाई उपलव्ध गराएको संस्थाले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अस्पतालको भौतिक संरचना सरकारलाई उपलव्ध गराएपनि कोबिड १९ का बिरामीहरुको उपचारको ब्यवस्थापन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूबाट नै गरिएको अस्पतालद्धारा जारि गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालमा हालसम्म त्यहाँ ६८ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

श्रद्धेय नेता मनमोहन अधिकारीको स्मृतिमा बनेको सहकारी संस्थाले कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको अवस्था र राष्ट्रव्यापी फैलिरहेको महामारीलाई नियन्त्रण गर्न आफ्नो कर्तव्य ठानि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अस्पताल उपलब्ध गराएको अस्पतालका अध्यक्ष,पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले बताए ।

कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी र त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणहरु÷आइसोलेसनको ब्यवस्थापनमा अस्पताल प्रशासनले नै गर्ने समेत बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ४६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट