३ पुस २०८२, बिहिबार | December 18, 2025

कुलमान घिसिङको चेतावनी : १५ दिनभित्र विद्युतको बक्यौता नतिरे फेरि लाइन काट्छौं



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने प्रष्ट पारेका हुन् । उनले आफु उच्च मनोबलसहित अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रबन्ध निर्देशक घिसिङले संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन प्रयास गरेको भन्दै आफुलाई आरोपित गर्नु अनुचित भएको जिकिर गरे । बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने उनले स्पष्ट गरे ।

‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ ।’ उनले भने, ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

बक्यौता तिर्नेतिर भन्दा पनि उद्योगहरूले विषयलाई राजनीतिकरण गर्ने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन। संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन। संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन खोज्यो भन्नु गलत हो ।’

 

 

 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका