३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

गलकोटका सबै बस्तीमा पुग्यो सडक



ढोरपाटन । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्रयाक खोल्न बन्द गरेको छ । ट्रयाक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो ।

नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब दुई सय २० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमी ग्रामीण सडक रहेका छन् ।

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्रयाक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे ।

यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी-दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उनले जानकारी दिए ।

“गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ”, प्रमुख गैरेले भने, “अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्रयाक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।”

गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उनको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए ।

गलकोट-५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गरे ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : १८ बजे

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा

नीति तथा कार्यक्रम यथास्थितिवादी, स्पष्ट दिशा र प्राथमिकता छैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले

प्रधानमन्त्री जवाफ दिन नआए सदन बहिष्कार गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने