२८ भदौ २०८३, आइतबार | September 14, 2026

कोरोना संक्रमित थुनुवा आइसोलेसन सेन्टरबाट फरार, ड्युटीमा रहेका प्रहरी कारवाहीमा



नेपालगन्ज । प्रहरी हिरासतमा कोरोना संक्रमण पुष्टि भएका पछि आइसोलेसनमा राखिएका बाँके प्रहरीका एकजना थुनुवा आइसोलेसनबाटै फरार भएका छन् ।

हिरासतमा रहँदा कोरोना पुष्टि भएपछि उनलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । उनी प्रहरीको आँखा छलेर आइसोलेसनबाट फरार भएका हुन् ।

फरार अभियुक्त जिल्ला प्रहरी कार्यालय, बाँकेको लागु औषधी कोरेक्स मुद्दामा हिरासतमा थिए । भदौ ५ गते पोजिटिभ देखिएपछि उनलाई कृषि तालिम केन्द्रको आइसोलेसनमा लगिएको थियो । संक्रमित थुनुवा राजु जसगढ आइतबार राती भागेको प्रहरीले बताएका छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भागेका थुनुवाको खोजी भइरहेको बताए । प्रहरीका अनुसार ५ सीसी कोरेक्स भारतबाट नेपाल ल्याउंदै गरेको अवस्थामा पक्राउ परेका २ जना मध्य फरार अभियुक्त एकजना थिए ।

थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ रहेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानेर केरकार थालिएको छ । उनीहरु कारबाहीको दायरामा आएका छन् । खजुरास्थित आइसोलेसनमा असईको कमाण्डमा ५ जना प्रहरी खटिएका थिए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ३ : २४ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा