४ कार्तिक २०८३, बुधबार | October 22, 2026

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन



सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन ।

छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन ।

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चार लाखसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि