२० मंसिर २०८२, शनिबार | December 6, 2025

घरेलु हिंसामा साक्षर महिला बढी पीडित



काठमाडौं । पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

संंस्थाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ । सोमध्ये सबैभन्दा बढी (६५ प्रतिशत) नौ सय ११ जना घरेलु हिंसाबाट प्रभावित रहेका छन् । हिंसामा परेका साक्षर महिलाको सङ्ख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ ।

ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले ओरेक कार्यरत जिल्लाबाहेक महिला मानवअधिकार रक्षकहरुसँग समन्वय गरी सातवटै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिएको बताइन् । गत जुलाई २०२३ देखि जुन २०२४ सम्म सङ्कलन गरिएका महिला माथि भएका लैङ्गिक हिंसाका घटनाको तथ्याङ्क अभिलेखीकरण गरी त्यसको बहुपक्षीय विश्लेषणका साथ उक्त पुस्तक तयार पारिएको निर्देशक मैनालीले जानकारी दिइन् ।

उनका अनुसार सङ्कलित घटना प्रतिनिधिमूलक मात्र रहेको जनाउँदै पीडकलाई गरिने राजनीतिक संरक्षण, हिंसा प्रभावितलाई नै हिंसाका लागि जिम्मेवार बनाउने प्रवृत्ति, झन्झटिलो न्यायिक प्रक्रियालगायत कारणले अझै धेरै घटनाहरु बाहिर आउन सकेका छैनन ।

पुस्तकमा महिला माथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसालगायत यस वर्षको अन्वेषीमा महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा घटेका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : १२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल