२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपालगन्जका २ वरिष्ठ फिजिसियनलाई कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई क्वारेन्टिन बस्न चिकित्सकद्वयको आग्रह



नेपालगन्ज । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिम क्षेत्रमा चर्चित भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण पुष्टि भएपछि उनीहरु सोमबारबाट आइसोलेसनमा बसेका छन् ।

दुवै जनाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यस्थिति सार्वजनिक गर्दै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् ।

दुई चिकित्सकसहित भेरीमा सोमबार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।

भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जना नेपालगन्ज क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । उनीहरुले बाँकेमा कोरोना चिकित्सकहरुको भूमिका सम्बन्धि रणनीति तथा कोरोना बिरुद्धको अभियानमा स्वास्थ्य निकायको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रिसाल भेरी अस्पताल नेपालगन्जका कोरोना उपचारको फोकल पर्सन हुन् ।

दुवै डाक्टरले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

डाक्टर पाण्डे थारु समुदायमा मात्र हुने सिकलसेल एनिमिया रोगका अन्वेषक समेत हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : १६ बजे

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको