१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

नेपालगन्जका २ वरिष्ठ फिजिसियनलाई कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई क्वारेन्टिन बस्न चिकित्सकद्वयको आग्रह



नेपालगन्ज । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिम क्षेत्रमा चर्चित भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण पुष्टि भएपछि उनीहरु सोमबारबाट आइसोलेसनमा बसेका छन् ।

दुवै जनाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यस्थिति सार्वजनिक गर्दै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् ।

दुई चिकित्सकसहित भेरीमा सोमबार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।

भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जना नेपालगन्ज क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । उनीहरुले बाँकेमा कोरोना चिकित्सकहरुको भूमिका सम्बन्धि रणनीति तथा कोरोना बिरुद्धको अभियानमा स्वास्थ्य निकायको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रिसाल भेरी अस्पताल नेपालगन्जका कोरोना उपचारको फोकल पर्सन हुन् ।

दुवै डाक्टरले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

डाक्टर पाण्डे थारु समुदायमा मात्र हुने सिकलसेल एनिमिया रोगका अन्वेषक समेत हुन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ११ : १६ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर