६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

विद्यालयले आन्तरिक नम्बर कम पठाउँदा २१ जना विद्यार्थी अनुत्तिर्ण



बर्दिया । बर्दियाको एक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक नम्बर कम दिँदा २१ जनाविद्यार्थी अनुतिर्ण भएका छन् । मधुवन नगरपालिका स्थित गुराँस माध्यमिक विद्यालयमा सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत १८ महिने कृषि जेटिएमा अध्ययनरत २१ जना विद्यार्थीहरु अनुतिर्ण भएकाहुन् ।

विद्यालय र विद्यालयले खटाएका सुपरिवेक्षकको लापरबाहीका कारण लिखितमा उतिर्ण भएपनि प्रयोगात्मक परिक्षामा अनुतिर्ण हुँदा २१ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यालयले गतबर्ष अन्तिम परीक्षाको लागि बाह्य सुपरिवेक्षकको रुपमा प्रकाश गौतम र झलक खड्कालाई खटाएको थियो । सिटिइभिटीको नियमानुसार प्रयोगात्मक परीक्षाको पूर्णांक २० भएपनि सुपरिवेक्षकले पूर्णाकं १२ मानेर नम्बर दिएपछि ३९ जना विद्यार्थी मध्ये २१ जना विद्यार्थी अनुत्तिर्ण भएकाहुन् । प्रयोगात्मक नम्बर नै कमभएको कारणले नै विद्यार्थीहरुको एक बर्ष त्यसै खेर जाने भएको छ ।

परीक्षा सञ्चालन गर्ने सुपरिवेक्षकले २० नम्बर पूर्णाकंकोे साटो १२ नम्बर पूर्णाकं मानेर प्रयोगात्मक परीक्षाको नम्बर दिएपछि विद्यार्थीहरु अनुत्तिर्ण भएको गुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले आरोप लगाए ।प्रधानाध्यापक पौडेलले भने– ‘परीक्षा सञ्चालनगर्ने सुपरिवेक्षकको त्रुटीका कारण विद्यार्थी अनुत्तिर्ण भएका हुन् । त्रुटी सच्याउन र पुर्नयोगका लागि सुपरिवेक्षकद्धय नै सिटिइभिटीको प्रदेश कार्यालय बुटवल गएकाछन् । हेरौं के हुन्छ ?’

वाह्य सुपरिवेक्षकको रुपमा खटिनु भएका झलक खड्कालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

यता प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले विद्यालयले नै प्रयोगात्मक परिक्षामा प्राप्त गरेको अंक पठाएको कारण विद्यार्थीहरु अनुतिर्ण भएको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ५ नं. प्रदेश बुटवलका सुचना अधिकृत दलबहादुर बस्नेतले गुराँस माध्यमिक विद्यालयले नै विद्यार्थीले प्राप्त गरेको अंक पठाएको हुँदाअब फेर बदल हुननसक्ने बताए । उनले कसैको कमजोरीका कारण विद्यार्थी मर्कामा पर्न नहुने बताए । उनले भने –‘अबअर्को पटक हुने परीक्षामा सामेल भएर परीक्षा दिनु बाहेक विद्यार्थीका लागि अन्य कुनै विकल्प छैन ।’

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को परीक्षा सम्बन्धी विनियमावली २०७१ अनुसार कुनै पनि परीक्षार्थीले आफू सम्मिलित भएको कुनै विषयको परीक्षामा प्राप्त गरेको अंकउपर चित्तनबुझे तोकेको शुल्क बुझाई परीक्षाफल प्रकाशित भएको मितिले २१ दिन भित्र पुर्नयोगका लागि आवेदन गर्न सक्ने व्यवस्था गरेको छ ।

सबै विषयमा राम्रो अंक ल्याए पनि विद्यालय र वाह्य सुपरिवेक्षकको गम्भिर लापरवाहीका कारण आफूहरु अनुत्तिर्ण भएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयको लापरवाहीको कारण एक बर्षको समय खेर जाने निश्चित भएको एक विद्यार्थीको गुनासो छ । नाम नबताउने शर्तमा उनले भने – ‘पूर्णाकं नै थाहा नहुने सरलाई वाह्य सुपरिवेक्षक किन राखियो ?हाम्रो भविष्यमा खेलवाड गर्नेलाई पनि कार्वाही हुनुपर्छ ? लापरवाही सुपरिवेक्षकको भन्दा विद्यालयको छ ।’विद्यालय कै सुनियोजित रुपमा नै मिस्टेक गरेर पठाएको अर्का विद्यार्थीले बताए । उनले भने –‘विद्यालयको आन्तरीक मतभेदको शिकारमा हामीहरु परेकाहौँ । यसमा छानविन हुनुपर्दछ ।’
गुराँस माध्यमिक विद्यालयमा २०५८ सालदेखी १८ महिने कृषि जेटिए र १८ महिने भेटेनरी जेटिए पढाइ हुँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ०८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया