२५ श्रावण २०८३, सोमबार | August 10, 2026

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो



जुम्ला । कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ ।

निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताउँछन् ।

उनले भने, “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहाँ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटा गुनासो गरिन् ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् ।

स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए । उनले भने,“असिनाका कारण समेत केही प्रभाव पार्‍यो, केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।”

जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि किसान हतारिएका छन् । कार्यालयका अनुसार यहाँको तिला गाउँपालिका र तातोपानी गाउँपालिकाबाट झण्डै ६० देखि ७० टनसम्म स्याउ बजारसम्म पुगिसकेको छ ।

कृषि विकास कार्यालयले एक महिनाअघि भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरेको भएपनि यहाँका स्थानीय तहले जथाभावी सिफारिस दिँदा बजारमा काँचो स्याउ गएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : ५२ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका