४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पूर्वपश्चिम रेलमार्गमा लगानी गर्न रुसलाई मन्त्री नेम्वाङको आग्रह



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गमा लगानी गर्न रुसी महासंघलाई आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि रुसी महासंघका राजदुत एलेक्सी नोभिकोभसँगको भेटमा मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बद्र्रिवास खण्डमा लगानीका लागि आग्रह गरेका हुन् ।

त्यस्तै करिब साढे चार अर्ब लगानी लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाण्डौको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र आफ्नो सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, रुसको सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरो कारखाना, कृषि औजार कारखाना, वीरगन्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्टबारे समेत छलफल भएको छ ।

भेटवार्तामा मन्त्री नेम्वाङ्गले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिएका छन् ।

उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : १२ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा