१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टिङमा खटिएका ३ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको पछुवा स्कर्टीङमा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्य १ जना हवल्दार र २ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको र्इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नाउव उपरिक्षक प्रतितसिंह राठौरले बताए ।

राठौका अनुसार उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजनालाई उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाइृएको डीएसपी राठौरले बताए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : १८ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज