५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

निषेधाज्ञा थप्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै



काठमाडौं । उपत्यका मेयर फोरमले निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको भोदि पल्ट निषेधाज्ञा सम्बन्धि निर्णय गर्न आज उपत्यकाका ३ जिल्लको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप तथा कार्यान्वयनका विषयमा थप छलफल गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बस्ने भएको हो । बैठकले जारी निषेधाज्ञालाई थप गर्नुका साथै उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइका साथ कार्यान्वयन गर्ने सम्बन्धमा निर्णय हुने बताईएको छ ।

बुधबार राति सकिन थालेको निषेधाज्ञा थप ७ दिन थप्ने औपचारिक निर्णय पनि आजै हुने अनुमान गरिएको । आजको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने विषयमा ठोस निर्णय लिने अनुमान गरिएको छ ।

स्थानीय प्रशासनले भदौ ३ गते रातिदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरेको थियो । बुधबार रातिदेखि फेरि एक हप्ता निषेधाज्ञा थप्न मेयर फोरमको मंलबार बसेको बैठकले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : ३८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया