२५ श्रावण २०८३, सोमबार | August 10, 2026

निषेधाज्ञा थप्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै



काठमाडौं । उपत्यका मेयर फोरमले निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको भोदि पल्ट निषेधाज्ञा सम्बन्धि निर्णय गर्न आज उपत्यकाका ३ जिल्लको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप तथा कार्यान्वयनका विषयमा थप छलफल गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बस्ने भएको हो । बैठकले जारी निषेधाज्ञालाई थप गर्नुका साथै उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइका साथ कार्यान्वयन गर्ने सम्बन्धमा निर्णय हुने बताईएको छ ।

बुधबार राति सकिन थालेको निषेधाज्ञा थप ७ दिन थप्ने औपचारिक निर्णय पनि आजै हुने अनुमान गरिएको । आजको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने विषयमा ठोस निर्णय लिने अनुमान गरिएको छ ।

स्थानीय प्रशासनले भदौ ३ गते रातिदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरेको थियो । बुधबार रातिदेखि फेरि एक हप्ता निषेधाज्ञा थप्न मेयर फोरमको मंलबार बसेको बैठकले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ११ : ३८ बजे

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास