३० असार २०८३, मंगलबार | July 14, 2026

अध्यक्ष नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक गौतमबीच भेटवार्ता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन् । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको बताइएको छ । गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १० : ३३ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति