२० माघ २०८२, मंगलबार | February 3, 2026

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

तालिमको उदेश्य परियोजनाका साझेदार संस्थाहरूका पदाधिकारी र कर्मचारीहरू तथा पालिकाका विपद फोकल पर्सनहरुलाई जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र विपद् न्यूनीकरणकालागि मानवीय सहायता कार्यक्रम एवं विपद् जोखिममा परेकाहरूको उद्धार र राहत सहयोगको सन्दर्भमा आपतकालीन अवस्थामा मानवीय सहायता प्रदान गर्न क्षमता अभिवृद्धि गर्नु रहेको प्लान नेपालले जनाएको छ ।

सो तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी, कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका विपद् फोकल पर्सनहरू गरेर ३० जनाको सक्रिय सहभागीता रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको तालिमका समापन कार्यक्रममा मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले नगरपालिकाको विपद् र जलवायु परिवर्तनको अवस्थाका बारेमा जानकारी गराउँदै विपद् सम्बन्धी नीतिहरू विकास गर्ने र मानवीय सहायताकालागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्लान इन्टरनेशनल नेपालको कन्ट्री अफिस काठमाडौंका कृष्ण श्रेष्ठले जलवायु परिवर्तन, विपद जोखिम र मानवीय सहायता कार्यक्रमलाई क्रस कटिङ मुद्दाहरूको रूपमा लिनु पर्ने जनाउँदै सो बारेमा देशको रणनीति बारे प्रकाश पारे ।

तालिमको प्रशिक्षकमा लोकनारायण पोखरेल रहेका थिए भने समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट बोल्दै बढैयाताल गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता जस्ता विषय अझै पालिकाको प्राथमिकतामा नपरेको र संघसंस्थाले मात्र काम गर्ने गरेको जनाउँदै पालिकाले पनि त्यसका लागि बजेट र कार्यक्रम बनाउनु पर्ने बताए । सो अवसरमा सहभागिका तर्फबाट शान्ति चौधरीले पनि बोलेकी थिइन् ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेना, प्लान इन्टरनेशनल नेपालका अनुगमन तथा मूल्यांकन विशेषज्ञ हसरत अली कसगर, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र कार्यक्रम अधिकृत ईश्वर बिकको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : ४२ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज