१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान



नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न बाँकेमा क्रियाशील मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।

मानव अधिकारकर्मीहरूले आज एक विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन पक्षसँग विगत ६ महिना अघिदेखि विभिन्न मागहरू राखि उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन, कर्मचारी सङ्घले गरेको आन्दोलन र त्यस आन्दोलन प्रति व्यवस्थापन पक्षले देखाएको उदासीनताले नागरिकको स्वास्थ्य उपचारमा प्रभाव पारेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

संस्थागत सुधारका साथै तलब भत्ता, सेवा सुविधा वृद्धि र वृत्ति विकासका माग सहित गरिएको कर्मचारीहरूको श्रम ऐनले दिएको अधिकार कुण्ठित भइरहेको अधिकारकर्मीहरुले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘श्रमिकहरूको जायज मागहरूको तत्काल सम्बोधन गर्न, समस्याको निकास खोजी कर्मचारीहरूलाई नियमित काममा फर्किने वातावरणको सृजना गर्न तथा बिरामीहरूको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगरी नागरिकको गुणस्तरीय सेवा पाउने अधिकारको संरक्षण गर्न सम्बन्धित पक्ष समक्ष आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

अधिकारकर्मीहरूले श्रमिकहरूले आफ्नो श्रमको उचित मुल्य तथा आफ्ना अधिकारका लागि जायज मागहरू राख्दा व्यवस्थापन पक्षले गम्भीर रूपमा नलिइ बेवास्ता गरिनु स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा दैनानुदिन आउने बिरामीहरूको स्वास्थ्य उपचारमा समेत प्रत्यक्ष असर परिरहेको सन्दर्भमा आन्दोलनको १३ दिन बितिसक्दा समेत सहि समाधान नखोजिने कार्यले व्यवस्थापकीय कमजोरी देखिएको समेत मेडिकल कलेजको व्यवस्थापन पक्षलाई विज्ञप्ति मार्फत स्मरण गराएका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानुन व्यवसायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य प्रभात ठकुरी लगायत रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : १९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले