२६ असार २०८३, शुक्रबार | July 10, 2026

हार्डवेयर, होटल रेष्टुरेण्ट र फर्निचरलाई अत्यावश्यक सेवामा राख्दै कोहलपुरमा निषेधाज्ञा खुकुलो



कोहलपुर । एकै दिन ५१ जना संक्रमित कोहलपुर पेरिफेरिमा भेटिएकै दिन कोहलपुरमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ ।

गत १० दिनदेखि कोहलपुरमा जारी निषेधाज्ञालाई बुधबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैंठकले बिहिबारदेखि खुकुलो बनाउने निर्णय गरेको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैंठकले निषेधाज्ञालाई खुकुलो पार्दै तालिका अनुसार व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले तयार पारेका तालिकाअनुसार आईतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाडाँवर्तन, तरकारी, फलफुल, साईलक, शोरुम, ईलेक्ट्रोनिक्स, मोबाईल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाईने छ भने सोमबार, मंगलबार, बिहीबार र शनिबार कपडा, फेन्सी, जुत्ता चप्पल, कस्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल खोल्न पाईने छ ।

त्यसैगरि आईतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तीय संस्थाहरु संचालनमा आउने छन ।

सर्वपक्षीय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रेष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरी बिहिबारदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोडबिजोड नियम लागु गरिएको छ ।

सर्वपक्षीय बैठकले जोड नम्बरका सवारी साधनलाई जोड दिन र बिजोड नम्बरका सवारी साधनलाई बिजोड दिन संचालन गर्न दिने निर्णय गरेको हो ।

कोहलपुरमा कोरोना संक्रमण जोखिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क, सेनिटाईजर प्रयोग गर्नुकासँगै सामाजिक दुरी लगाएत स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने निर्णय समेत गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ०२ बजे

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज