३२ असार २०८३, बिहिबार | July 16, 2026

बुटवल मेला : ममता रानाले हात पारिन व्युटी फेयर २०८१ को उपाधी



बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा सम्पन्न व्युटी फेयर २०८१ को उपाधि ममता रानाले हात पारेकी छन् । उत्कृष्ट १२ जना मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुम ब्यूटी पार्लरकी रानाले उपाधिसँगै नगद २० हजार पुरस्कार राशी हात पारेकी छन् ।

यसैगरी फर्स्ट रनरअप बन्न सफल साज व्युटीहोमकी सेजल प्रधानले नगद १० हजार तथा सेकेण्ड रनरअप बन्न सफल लुमी व्युटी होमकी दिपु शाहीले नगद ५ हजार पुरस्कार हात पारिन । प्रतियोगितामा मेकप आर्टिस्टहरु श्रेया केसी, फेसन डिजाइनर अनुपा श्रेष्ठ र सामाजिक अभियन्ता कल्पना शिवाकोटीले जुरी मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको व्युटी फेयर २०८१ मा निःशुल्क परामर्श, महिला उद्यमीलाई प्रवर्द्धन, हस्तकलाका सामग्रीहरु बिक्री लगायतका स्टलहरु राखिएको महिला उद्यमी तथा व्युटी फेयर संयोजक रेनु श्रेष्ठले जानकारी दिइन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पौष ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा जारी मेलामा काठमाडौंपछि पहिलो पटक व्युटी फेयरको आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

व्युटी फेयरमा सौन्दर्य कलामा लागेका महिलाहरुका उद्यम तथा अन्य महिला उद्यमीहरुलाई समेत जोडेर १६ वटा स्टलमा उनीहरुको उत्पादनहरु राखिएका छन् । मेला घुम्न आउने दर्शकलाई मनोरञ्जनसँगै जीवन जिउने कला र ध्यानबारे समेत जानकारी गराउँदै आइएको व्युटी फेयरकी संयोजक श्रेष्ठले बताइन् । व्युटी फेयरको माध्यमबाट थप महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य रहेको उनले बताइन् ।

यस पेभेलियन अन्तरगत स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गर्दै आएका छन् । यहाँ छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना