११ भदौ २०८३, बिहिबार | August 27, 2026

अक्सबृज इन्टरनेशनलद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत



बुटवल । अक्सबृज इन्टरनेशनल एकेडमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरि एकेडेमीले ल्याब टेक्निसियन र एचए मा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्राविधिक शिक्षा जीवन उपयोगि शिक्षा भएकाले लगनशिल भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । साथै प्राविधिक शिक्षा मानव जीवनसँग जोडिएकाले सेवाको भावनाले काम गर्नु पर्ने भएकाले यो शिक्षा समाजका लागि अति अपरिहार्य र महत्वपूर्ण रहेको बताए ।

उनले परीक्षाको समयमा मात्रै धेरै अध्ययन गर्नु भन्दा नियमिति रुपमा नै समय निर्धारण गरेर अध्ययन गर्दा सफलता मिल्ने बताए । एकेडेमीका कार्यवाहक अध्यक्ष गोविन्द खनालले आफुहरुले विद्यार्थीहरुलाई सौद्धान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा अध्ययन गराउने भएकाले विद्यार्थीहरुले धेरै कुरा सिक्ने पाउने बताए ।

साथै उनले अक्सबृजमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययन सके पछि धेरै राम्रो काम गरेको भन्दै नव आगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनेमा आफु् विश्वस्त रहेको बताए। यस्तै एमडी डिपि खनालले पनि नयाँ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. इन्द्र ढाकाल, आम्दा अस्पतालका मडिकल सुपरिडेन्ड डा. विनोद पराजुली, चिकित्सक संघ लुम्बिनी अध्यक्ष डा. कृष्ण खरेल, भिम अस्पतालका अध्यक्ष अन्नत कुमार शर्मा, सिटिभिटीका डा. राजु भुसाल, प्रदिप कुमार श्रीवास्तव लगायतले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ५९ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक