२ चैत्र २०८२, सोमबार | March 16, 2026

मोडल अफ लुम्बिनी सिजन-२ सम्पन्न



बुटवल । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ लुम्बिनी सिजन-२ को सम्पन्न भएको छ । मेजेस्टिक ग्रुपको आयोजनामा शुक्रबार साझ भएको फिनालेमा मिस मृन्जा गाहा ग्राण्ड विजेता भएकी छिन ।

उनले उपाधिसंगै नगद १० हजार रुपैया, क्राउन, गिफट हेम्पर र अन्तराष्ट्रिय मन्चमा प्रस्तुतिको अवसर पाउने भएकी छिन । प्रतियोगितामा ईन्टरनेश्नल विजेता भने मिस अग्रीमा कुवर बन्दै नगद १० हजार रुपैया, क्राउन र गिफट हेम्पर र अन्तराष्टिय मन्चमा अवसर पाउने भएकी छिन ।

मास्टर जुनियर अभिनव न्यौपाने र मिस जुनियर प्रिक्छु पन्थ भईन । दुबैले एक वर्षको मोडेलिङको कन्ट्याक्ट पाएका छन । यसैगरि मिस्टर स्कुल दिब्यास कुमार र मिस स्कुल कृस्टि रेग्मी बनिन । भिअवर च्वाईस भने आरिज अब्दुल र पब्लिक च्वाईस मिस समृद्धि भुषाल बनिन । अर्गनाईजर च्वाईस रितिशा राना र कोरियोग्राफर च्वाईस शिशिर श्रेष्ठ घोषित भए । मिस्टर एम्बेसडर स्योन पन्थी र मिस एम्बेसडर सरगम गुरुङ बनिन ।

प्रतियोगितामा फष्ट रनर अप अनमोल आले, सेकेण्ड रनअफ अर्नभ केसी, थर्ड रनरअप आयन रसाईली घोषित भए । यसैगरि सबटाईटलका रुपमा बेष्ट फोटोजेनिक मृन्जा गाहा, मोष्ट ट्यालेन्टेड आर्नभ केसी, मोस्ट कन्फिडेन्टमा अभिनव केसी, बेष्ट वाकमा प्रिक्छु पन्थ र बेष्ट पर्सनालिटिमा अरिज अब्दुल घोषित भए ।

अडिसनमा विभिन्न विधालयबाट सहभागी ३८ जना मध्येबाट फिनालेमा १८ जना बिचमा प्रतिस्प्रर्धा भएको मेजेस्टिक ग्रुपको अध्यक्ष मन्जेश गिरिले बताए । प्रश्नावली राउण्ड, ट्यालेन्ट राउण्ड लगायतका विभिन्न राउण्डहरु चलेको थियो । प्रश्नावली राउण्डमा बालबालिकाहरुलाई जातिय भेदभाव, हिसा, विकास र अधिकारका विषयमा प्रश्नहरु सोधिएको थियो ।

फिनालेमा निर्णायकहरु मोडल अफ नेपालगंजका विजेता अरमान सिद्घिगी, किग एण्ड क्विन अफ पोखराको विजेता सोफिया रोक्का, डिभाईन युनिसेक्स सैलुनका एमडी प्रिति दुलाल रहेका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरे । बालबालिकाहरुलाई प्रोत्साहन हुने गरि स्थानिय सरकारका योजनाहरु ल्याएको उनले बताईन ।

बालबालिकासंग उपप्रमुख कार्यक्रममार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने गरि रचनात्मक कामलाई जोड दिएको उनले बताईन ।

देशको सबै बालबालिकालाई यस्तो अवसर दिन जरुरी रहेको उनले बताईन । अभिभावकहरु बालबालिकाहरुको शिक्षामा चिन्ता लिने भएपनि उनिहरुको प्रतिभा प्रस्फुटनको बारेमा ध्यान दिनुपर्ने उनले बताईन ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ०४ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५