२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जापानमा बर्डफ्लुको प्रकोप



टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ । इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २९ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग