२० मंसिर २०८२, शनिबार | December 6, 2025

ठूलो आँधीबेहरी, हिमवर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त



वासिङ्टन । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्हरूले पूर्वका लाखौँ मानिसहरूले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ ।

छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो । संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमबर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य-एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ । पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १,५०० माइल (२,४०० किलोमिटर) क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ ।

एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउदा मध्य-एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ ।”

उत्तरपूर्वी कन्सासदेखि उत्तर-मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पुर्वानुमान निकायले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।

सन् २०२५ को पहिलो ठूलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ । कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेखेका छन, “एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाईपछि उडान पुनः सुरु भएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल