८ माघ २०८२, बिहिबार | January 22, 2026

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात



ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : २० बजे

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक