१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु



धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामांग र सहचालक सिरहाको लाहान ५ का २४ बर्षिया प्रमोद मल्लिक रहेका छन्।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामांगलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको साथै ३ सुंगुर जिवितै छन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ३० बजे

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै