२३ असार २०८३, मंगलबार | July 7, 2026

अपडेट : मनहरी दुर्घटनामा थप एकको मृत्यु



 

हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार एकापसमा ठक्किँदा कारचालक हेटौँडा उपमहाननगरपालिका–४ स्कुलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते कारचालकको चितवन अस्पताल र श्रेष्ठको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँ निवासी २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी २६ वर्षीया पुजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशङ्कर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिब्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते सबैको इलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ । स्कार्पियो चालक भने फरार छन् ।

 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : ४० बजे

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

मध्यविन्दु । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा