५ पुस २०८२, शनिबार | December 20, 2025

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ सम्पन्न



बुटवल । तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ समापन गरिएको छ । सप्ताहको आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरी समापन गरिएको हो ।

पौष २६ गतेदेखि शुरू भएको कार्यक्रममा ४५ वटा विधाका खेलकुदमा करिब ३८० वटा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

विद्यालयकी प्राचार्य सीता पाण्डेले बसन्तपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा शैक्षिक वर्ष २०८० को एकेडेमिक पुरस्कार वितरण गरिने बताइन ।

सो दिन दिन अक्षरारम्भ गर्ने नानीबाबुहरूको भर्नामा विशेष छुट रहने बताइन । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताहमा विजेतालाई बधाई तथा प्रतिस्पर्धी तथा सहभागी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल गराउन खटिनु हुने सम्पूर्णलाई धन्यवाद दिए ।

उनले यहि महिनामा हुने रजत महोत्सवको तयारीमा जुटेको र अब विभिन्न किसिमका चरणबद्ध कार्यक्रमहरु गरिने बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलको सञ्चालनमा चलेको कार्यक्रममा संयोजक नारायण पोखरेल तथा इन्चार्जहरुले पुरस्कार वितरणमा सहयोग गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको