६ आश्विन २०८०, शनिबार | September 23, 2023

बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ बोर्डिङलाई



बुटवल । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा भएको बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ ईंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ । बिहिबार बुटवलमा आयोजना गरिएको प्रतियोगितामा तिनाउ बोर्डिङ प्रथम हुदै नगद १५ हजार ५ सय १५ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तै द्वितिय ज्ञानगङ्गा पाठशालाले नगद ८ हजार ५ सय १५ रुपैया र प्रमाणपत्र तथा तृतीय न्यु होराइजन मावि नगद ५ हजार ५ सय १५ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुल सान्त्वना हुदै नगद २ हजार १ सय १५ रुपैयासहित प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले विजेता, उपविजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै लोक दोहोरी गीतसंगितलाई संरक्षण गर्दै नया पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लाग्न सुझाव दिईन । स्थानिय सरकार यसको लागि हातोमालो गर्न सधै तयार रहेको समेत बताईन ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्रा.डा तारा प्रसाद उपाध्याय, केन्द्रीय सहसचिव सिता राना, केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, पुरुषोत्तम भण्डारी, राष्ट्रिय भजन चुट्का संरक्षण प्रतिषठनका केन्द्रीय अध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठानका मानार्थ सदस्य नारायण खनाल (लेकाली), कार्यक्रम संयोजक सम्झना रणपालले विद्यालयस्तरका बालिकाहरुलाई आफनो संस्कृति चिनाउने रुपमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा कल्पना कुसुम, विधान कार्की लगायतले गीतसंगितबाट मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ५२ बजे

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : यस्तो रहनेछ प्रचण्डको ब्यस्तता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच

बारामा बोल्न नसक्ने बालिका बलात्कृत

बारा । बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् ।

Prime Minister Prachanda, Chinese President Xi meet

Beijing: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ who arrived here