२६ माघ २०८२, सोमबार | February 9, 2026

अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नाट्टाको टोली स्पेन प्रस्थान



काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को टोली स्पेन प्रस्थान गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनको म्याड्रिडमा जनवरी २२ देखि २६ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर)मा भाग लिन नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नेतृत्वको उक्त टोली आज बिहान स्पेन प्रस्थान गरेको हो ।

उक्त मेलामा नेपालका २५ भन्दा बढी ट्राभल, ट्रेकिङ र होटल व्यवसायबाट ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नाट्टाका सहकोषाध्यक्ष एवं कार्यक्रमका संयोजक ढकनाथ काफ्लेले जानकारी दिए ।

नाट्टाका अध्यक्ष थपलियाले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउनका लागि यस्ता मेलामार्फत सहयोग पुग्ने बताए । नेपालमा पर्यटन क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रममा निरन्तर सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

स्पेनमा हुन लागेको उक्त अन्तर्राष्ट्रिय मेलामा विश्वभरका एक लाखभन्दा बढी पर्यटकीय उद्योग, व्यवसायी, प्रतिनिधि र व्यवसाय साझेदारहरुको उपस्थिति रहने नाट्टाले जनाएको छ ।

नेपालका आकर्षक गन्तव्य तथा पर्यटकीय स्रोतलाई विश्वव्यापी बनाउँदै आर्थिक गतिविधिलाई बलियो बनाउन यस्ता मेला महत्वपूर्ण भएको अध्यक्ष थपलियाले बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ०५ बजे

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।