२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पुल भासिने भारतीय ओभरलोड सवारी साधनलाई अनुमती दिनेमाथि कारवाही गरेको डिआइजी कार्कीको दाबी



बुटवल । लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक दान बहादुर कार्कीले गत पुस २६ गते पूर्वी नवलपरासीको बुटवल-नारायणगढ सडक खण्डको पुल भासिने गरी ओभरलोड बोकेको भारतीय सवारी साधनलाई नेपालमा गुड्नका लागि अनुमती दिनेलाई कारवाहीको दायरामा ल्याएको खुलासा गरेका छन ।

नवलपरासीको बेनीपुरखोलाको पुल भारतीय ओभरलोड बोकेको सवारी साधनले गर्दा भासिएको भनी सर्वत्र आलोचना भएसंगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भन्सार, यातायात, प्रहरीका तिनै तहका कर्मचारीलाई कारवाहीको दायरामा लिएको बुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

ओभर लोड नियन्त्रण गर्ने पहिलो कार्यालय भन्सार दोस्रो कार्यालय यातयात व्यवस्था कार्यालय जिम्मेवार हुनुपर्ने भन्दैै डीआइजी कार्कीले प्रहरी पनि सो विषयवाट अलग भने रहन नसक्ने भएकाले भन्सार बिन्दुमा ओभरलोड नियन्त्रणका लागि कडा निदेशन भएको समेत बताए । डीआइजी कार्कीले गत आर्थिक वर्षको पहिलो ६ महिना र यो आर्थिक वर्षको पहिलो छ महिनामा प्रदेशमा प्रहरीले गरेका र गर्न नसकेका विषयमा तुलनात्मक रुपमा विश्लेषण गरेका थिए ।

यो वर्षको पुस महिनामा भए गरेका काम हरुको पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । प्रदेशलाई नमूना प्रदेशका रुपमा स्थापित गर्न डीआईजी कार्कीले नागरिक सुनवायी, ग्रामीण भेटघाट ग्रामीण गस्ती, ग्रामीण गस्ती गाईड, प्रहरी प्रतिरक्षा, दूर्घटना न्यूनिकरणका लागि टाईम काड लगायतका आधुनिक प्रविधिलाई आत्मसाथ गर्ने गरी कार्ययोजना बनाएर काम अगाडी बढाएको समेत बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ४८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले