११ कार्तिक २०८३, बुधबार | October 28, 2026

भारतको रेल दुर्घटनामा सात नेपालीको मृत्युप्रति सरकारद्वारा दुःख व्यक्त



काठमाडौँ, ११ माघ स् सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३८ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय