३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

इन्टरनेटको सदुपयोग : बायोफ्लक प्रविधिबाट माछापालन



कैलाली । कैलालीको घोडाघोडी नगरपालिका देउकलिया गाउँका विनोद चौधरीले इन्टरनेटको सदुपयोग गर्दै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेका छन् ।

स्नातक तहमा अध्ययनरत चौधरीले कोरोनाको जोखिमसँगै क्याम्पस अनिश्चितकालीन रूपमा बन्द भएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै इन्टरनेटको सहयोग लिँदै बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरेका हुन् ।

२२ वर्षीय चौधरीले घरआँगनमै थोरै क्षेत्रफलमा माछा पाल्न सकिने यो प्रविधिका बारेमा आफूले युट्युबमा हेरेर तथा जानकारहरूसंँग सुझाव लिएर माछापालन सुरु गरेको चौधरीले बताए ।

पोखरी निर्माण गर्ने तरिका, भुराको जानकारी र कस्तो दाना कति मात्रामा प्रयोग गर्नेजस्ता जानकारी युट्युुबबाट लिएको उनले बताए । केही अलमल हुँदा अनुभवीको सल्लाह लिन्छु, चौधरीले सुनाए ।

घर नजिकै ढुङ्गा र सिमेन्टको प्रयोग गरेर पोखरी निर्माण गर्नुभएका चौधरीले ३०/३० हजार घनमिटर पानी जम्मा हुने दुईवटा पोखरी निर्माण गरेर १० हजार माछाका भुरा हालेका छन् ।

करिब पाँच लाख लगानीमा बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए । उच्च शिक्षासँंगै कृषि पेसामा लागेका चौधरीले भने, ‘विदेश पलायन हुने युवाले कृषि कार्यमा अर्काको देशमा पसिना बगाउनु परेको हुन्छ ।

मैले आफ्नै देशमा कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने सोच राखेको छु ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : २८ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय