१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो



काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । त्यसमा कमला नवीन भण्डारी (वर्ष ४३), लछिराम पासी (वर्ष ४०) छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा(वर्ष ११, नन्दराम पद्य विश्वकर्मा (४४ वर्ष), मैसारा कामी विश्वकमा) (४२ वर्ष) र जोक्ला उर्फ कला कामी ( ६० वर्ष) छन् । त्यस्तै बाँकेका ३२ बर्षीय राधेश्याम राधको निधन भएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ । मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवम् सहजीकरण गरिरहेको जनाइएको छ ।

यही माघ नौ गते साँझ करिब पाँच बजेर पाँच मिनेटमा भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ३३ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत