१५ भदौ २०८३, सोमबार | September 1, 2026

पुरातात्विक महत्व बोकेका तीन मन्दिरको जिर्णोद्वार गरिने



बागलुङ । पुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ । पुरातत्व विभागले बागलुङ नगरपालिकाभित्र रहेको संसारकोट, भैरव स्थान मन्दिर र गणेश मन्दिर जिर्णोद्वार गर्ने भएको छ ।

बागलुङ नगरपालिकाभित्र रहेका तीन मन्दिर निकै पुराना भएका कारण जिर्णोद्वार गर्न पुरातत्व विभागले आव २०७७/७८ मा बजेट विनियोजन गरी कार्यदेश प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिर र कोतघर, बागलुङ नगरपालिका–३ सुल्डाँडास्थित गणेश मन्दिरको जिर्णोद्वार र बागलुङ नगरपालिका–७ स्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको संसारकोट दरबार क्षेत्रको पुनःनिर्माण गर्नका लागि बजेट र कार्यदेश प्राप्त भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘संसारकोटको विस्तृत अध्ययन प्रतिवेदनसहित पुनःनिर्माणको कार्य थालनी गरिनेछ’, प्रमुख पौडेलले भने, ‘बागलुङमा विभागको नयाँ कार्यक्रम हो, को मार्फत बजेट आउने भन्ने जानकारी आइसकेको छैन, भैरवस्थान र गणेशथानको पूँजीगत सुधारतर्फ बजेट आएको हो ।’

नगरप्रमुख पौडेलका अनुसार जिर्णोद्वार विभागले नै गर्ने वा स्थानीय तहलाई दिने भन्ने टुङ्गो नलागेको बताए । विभागका अनुसार संसार कोट र भैरवस्थान मन्दिरलाई यो आवमा रु ३०÷३० लाख र गणेशथान मन्दिरलाई रु १० लाख बजेट विनियोजन भएको छ । संसारकोट पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएपनि भौतिक संरचनाको अभावमा समस्या भइरहेको छ ।

नगरपालिकाले संसारकोट पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण गर्दै आएको छ । भैरवस्थान मन्दिरसमेत लामो समयदेखि जिर्णोदार गर्न पञ्चवर्षीय योजना निर्माण गरेपनि अलपत्र छ । मन्दिर निकै पुरानो भएका कारण जिर्णोद्वारको आवश्यकता छ ।

साउन ४ को निर्णयअनुसार बागलुङका दुई मन्दिरको जीर्णोद्वार र संसारकोटको पुनःनिर्माण गरिने पुरातत्व विभागका सविता न्यौपानेले जानकारी दिए । विभागले जिर्णोद्वारको अवस्था र प्रगति हेरी आगामी वर्ष थप बजेट विनियोजन गर्न सक्नेछ । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : ५० बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,